विषादी परीक्षण गर्न ८ भन्सार विन्दुमै प्रयोगशाला

जनपत्र
१७ असार २०७६, मंगलवार ०६:४८

भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको हो। भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेयपदार्थको भन्सार विन्दुमै वैज्ञानिक परीक्षण गर्न यस्तो प्रयोगशाला निर्माण गर्ने तयारी मन्त्रालयले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*