विद्युतिय बस खरिदका लागि ३० करोड रुपैयाँ हस्तान्तरण
हेटौंडा / विद्युतिय बस खरिदका लागि ३ नम्बर प्रदेश सरकार र साझा यातायात बिच सम्झौता भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङेलले विद्युतिय बस खरिदका लागि ३० करोड रुपैयाँको चेक सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमका बिच साझा सहकारीका अध्यक्ष कनकमणि दिक्षितलाई हस्तान्तरण गर्नुभयो ।
साझाले रकम बराबरको शेयर दिएर बिधुतिय बस खरीद गर्नेछ । सोमबार साझाले प्रदेश सरकारसहित, ललितपुर महानगरसङ्ग पनि २ करोड ५० लाख रुपैया साझा सहकारीलाई हस्तान्तरण गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले साझाका अध्यक्ष दिक्षितलाई हस्तान्तरण गर्नुभयो ।
सहमति अनुसार काठमाडौ महानगरपालिकाले १० करोड तथा साझा सहकारी स्वयंले २ करोड ५० लाख गरि ४५ करोड खर्च गरि ३० वटा विद्युतीय बस ल्याउने तय भएको छ । सो लगानीवापत साझाले प्रदेश सरकार, काठमाडौ र ललितपुरलाई शेयर स्वामित्व प्रदान गर्नेछ । कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको युग विद्युतीय युग भएको बताउनुभयो । उहाले भन्नुभयो ‘तत्कालको आवश्यकता परीपुर्ती गर्न विद्युतीय बसको बिकल्प छैन अव चलाउने भनेको विद्युतिय बस नै हो’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।
३ नम्वर प्रदेशले विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि पनि सरकारका तर्फबाट विद्युतीय बस खरीद प्रक्रियामा अगाडि बढेको जानकारी दिनुभयो । विद्युतीय सवारीको लागि प्रदेश सरकारले १ वर्ष अगाडि नै रकम छुट्याएको थियो । उहाले भन्नू भयो ” चार्जिङ स्टेसन, नीति नियम लगायतका कारण सोचेको समयमा सुरु गर्न नसकेको उहाँले बताउनुभयो ।”
नेपालमा उत्पादन भएको बिजुली खेर जाने, इन्धन बाहिरबाट मगाउने गरिएको छ । विद्युतीय बसलाई अगाडि बढाउन सके दीर्घकालीन फाईदा हुन्छ।” १५ देखि २० वटा उपत्यकामा नै चल्ने बताउँदै अन्य बाकी बसहरु सहजरूपमा चल्ने वातावरण भएका स्थाहरुमा चल्ने जानकारी दिनुभयो । आवश्यकता अनुसार चार्जिङ स्टेशन राख्ने प्रकृयाका लागि पनि नेपाल विद्युत प्राधिकरणसंग कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
यस विषयमा प्राधिकरणका प्रमुख कुलमान घिसिङसंग पनि मुख्यमन्त्री पौडेलले छलफल गरिसक्नु भएको छ । हेटौंडा र काठमाडौं आउने बीचको ठाउँमा चार्जिङ स्टेसन बनाउने प्रदेश सरकारको योजना छ । प्रदेशले विद्युतीय सवारी चल्न सक्ने सबै जिल्लामा संचालन गर्ने लक्ष्य लिएको उहाले बताउनुभयो । कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।