फेसबुकमा केटीको विषयमा लफडा हुँदा साथीमाथि खुकुरी प्रहार

जनपत्र
१६ असार २०७६, सोमबार १९:१०

पोखरा– पोखराको बगरस्थित नयाँ गल्लिमा केटीको विषयमा लफडा हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो । फेसबुकमा कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षे विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की पछि अवस्था खुकुरी प्रहारसम्म पुगेको प्रहरीले खुलाएको छ । दिउँसो करिब १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार पछि विपिनको समुहको एकजनाको औंला काटीएको र विजयको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूह किशोरावस्थाका रहेको प्रहरीले बताएको छ ।
घटनापछि दुवै समुहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*