भारतसँग वेस्ट इन्डिज ७ विकेटले पराजित

जनपत्र
१८ श्रावण २०७९, बुधबार ०७:१८

भ्रमणकारी भारतले तेस्रो टी–२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ। योसँगै पाँच टी–२० आई खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ।

जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रनको इनिङ्स खेले। उनले ४४ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

यता, विकेटकिपर ऋषभ पन्त २६ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे। श्रेयस ऐर २७ बलमा २ चौकासहित २४ रनमा आउट भए।

यता, कप्तान रोहित शर्मा ११ रनमै रिटार्यट हर्ट भएका थिए। दीपक हुड्डा १० रनमा अविजित रहे।

वेस्ट इन्डिजका जेसन होल्डर, डोमिनिक ड्रेक्स र अकिल हुसैनले १र१ विकेट लिए।

त्यसअघि सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

वेस्ट इन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए। उनले ५० बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

रोभम्यान पावेलले १४ बलमा २ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए। कप्तान निकोलस पुरन २३ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए।

यता, शिम्रन हेटमायर र ब्रेन्डन किंगले समान २० रन बनाए। भारतका भुवनेश्वर कुमारले २ विकेट लिए। हार्दिक पान्ड्या र अर्शदीप सिंहले १र१ विकेट लिए। पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो। चौथो खेल शनिबार र पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*