‘ब्ल्याक एन्ड ह्वाइट’ चलचित्रमा पात्र झनै खुल्छन्
‘मनको बाँध’ ९२०३०० ‘ब्ल्याक एन्ड ह्वाइट’ प्रविधिका बनेको अन्तिम नेपाली सिनेमा थियो । यसपछि नेपाली सिनेमा निर्माण रंगीन प्रविधिमा प्रवेश गर्यो । आमा ९२०२२०, हिजो आज भोलि ९२०२५०, परिवर्तन ९२०२८ ० पनि ‘ब्ल्याक एन्ड ह्वाइट’ ९श्यामश्वेत०मा नै बनेका थिए । ०३४ सालमा पहिलो रंगीन सिनेमा बन्यो ‘कुमारी’ ।
यसबीचको अवधिमा नेपाली सिनेमा निर्माणले प्राविधिक रूपमा ठूलो फड्को मारिसकेको छ । ‘ब्ल्याक एन्ड ह्वाइट’ रिलबाट र अत्याधुनिक डिजिटल प्रविधिमा पुग्न दशकौँ लाग्यो । तर, निर्देशक सुवर्ण थापा भने फेरि ‘ब्ल्याक एन्ड ह्वाइट’९श्यामश्वेत० सिनेमा बनाएर रिलिजको तयारीमा छन् ।
उनकै लेखन तथा निर्देशनमा बनेको ‘ब्ल्याक एन्ड ह्वाइट’ ‘द सेक्रेट अफ राधा’ २४ भदौदेखि देशभर रिलिज हुँदै छ । सिनेमामा गाउँले युवती राधाले आप्रवासी कामदारको रूपमा खाडी मुलुक पुगेका श्रीमान् बेपत्ता भएपछि खोज्न थालेको यात्राको कथा छ । अभिनेत्री सृष्टि श्रेष्ठ राधाको भूमिकामा छिन् ।
सिनेमाको पात्रको भावनालाई जोड दिन ‘ब्ल्याक एन्ड ह्वाइट’मा निर्माण गरेको उनी बताउँछन् । थापा भन्छन्, ‘विश्वमा सिनेमाको सुरुवात ‘ब्ल्याक एन्ड ह्वाइट’बाटै भएको हो । हिजोका ‘ब्ल्याक एन्ड ह्वाइट’मा सिनेमालाई आजको पुस्ताले बिर्सिंदै जान थाले । राधा नयाँ पुस्ताका दर्शकलाई नयाँ अनुभव हुनेछ । त्यसकारण पनि हामीले ‘ब्ल्याक एन्ड ह्वाइट’ देखाउने जमर्को गरेका हौँ ।’
अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा राधालाई श्यामश्वेतमै सहभागी गराउने सुवर्णको तयारी छ । उनी भन्छन्, ‘नेपाली हलमा राधालाई रंगीन र ब्ल्याक एन्ड ह्वाइट दुवैमा रिलिज गर्छौँ । तर, अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा भने ‘राधा’लाई ब्ल्याक एन्ड ह्वाइटमा पठाउँछौँ ।’ नयाँपत्रिकाबाट







