अब ‘लाहुरे’ लागुऔषधविरुद्धकाे अभियानमा

जनपत्र
४ असार २०७९, शनिबार ११:५५

त्योभन्दा धेरै दुःख, कष्ट दिने गरको लाहुरेले बताए । ‘शरीर र मन दुवै नियन्त्रण गरे दुर्व्यसन छोड्न सकिन्छ । शारीरिक रूपमा एक/दुई महिना गाह्रो भए पनि मेन्टल्ली भने जिन्दगीभरि नै कन्ट्रोल गरेर बस्नुपर्छ’, उनले भने ।

किशाेर बेलामा मन चन्चले हुने र विद्यार्थीहरू नराम्रो बाटोतिर लाग्ने लाहुरेकाे अनुभव छ । याे समयमा अविभावकहरूले आफ्ना छोराछोरीलाई धेरै सयम दिएर ख्याल राख्नुपर्ने उनी बताउँछन् ।

सप्ताहव्यापी कार्यक्रम असार ६ गते पोखरा सभा गृहमा साङ्गीतिक कार्यक्रमका साथ सुरु हुनेछ । असार ७ गते कास्कीमा रहेका पुनर्स्थापना केन्द्रहरूसँग अन्तर्क्रिया, ८ गते औषधि बिक्रेतासँग छलफल, ९ गते विभिन्न स्कुल र कलेजमा विद्यार्थीसँग सचेतना, १० गते सञ्चारमाध्यमका विज्ञसँग छलफल, ११ गते समुदायमा भेटघाट र १२ गते अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा पोखरामा साइकल र्‍याली गरी समापन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*