साउथ फ्लेवरको ‘काँडेतार’ टिजर

जनपत्र
२९ जेष्ठ २०७९, आईतवार ०८:१९

राष्ट्रियताको विषयमा फिल्म बनाउँदै आएका नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्ड लम्बाईको टिजर एक्सन प्याक्ड छ । नेपाल र भारतको सीमा विवादको मुद्धालाई फिल्मले उठाएको टिजरले प्रस्ट्याउँछ । साउथ शैलीमा तयार पारिएको टिजरमा नवल एक्सन अवतारमा प्रस्तुत छन् । फिल्मप्रति कौतुहलता जगाउन टिजर सफल छ ।
नवल स्वयंको निर्माण तथा लेखन रहेको फिल्ममा उनीसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
मणि थापा र दीपक शर्माको संगीत रहेको फिल्मको छायांकन सौरभ लामाले गरेका हुन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवल खड्कासँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता नवलकी श्रीमती तथा चर्चित गायिका सत्यकला राई हुन् । फिल्मको टिजर सार्वजनिक गरिए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*