मेस्सीले पाँच गोल गर्दा अर्जेन्टिनाको फराकिलो जित

जनपत्र
२३ जेष्ठ २०७९, सोमबार ०७:०४

लियोनल मेस्सीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई हराएको छ। गएराति स्पेनमा सम्पन्न अर्जेन्टिना र एस्टोनियाबीचको मैत्रीपूर्ण खेलमा मेस्सी एक्लैले पाँच गोल गर्दा अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो।

खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेस्सी ४५ औं मिनेटमा दोस्रो गोल गरे। पहिलो हाफमा दुई गोलले अघि रहेको अर्जेन्टिनाका लागि उनले तेस्रो गोल ४७ औं मिनेट, चौथो गोल ७१ औं मिनेटमा र पाँचौं गोल ७६ औं मिनेटमा गरे।

मेस्सीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो। यसअघि बार्सिलोनाबाट भने सन् २०१२ को च्याम्पियन्स लिगमा लेभरकुशनबिरुद्ध ५ गोल गरेका थिए। त्यतिबेला बार्सिलोनाले खेल ७-१ गोलले जितेको थियो।

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि युरो कप च्याम्पियन इटलीलाई ३(० ले हराउँदै फाइनलिसीमाको उपाधि जितेको थियो। उक्त खेलमा पनि मेस्सी दुईवटा एसिस्ट प्रदान गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*