गायक स्वप्न सुमनले गरे बिहे

जनपत्र
२३ बैशाख २०७९, शुक्रबार ०७:१०

गायक स्वप्न सुमनले अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका छन्। उनीहरूले सानो पारिवारिक जमघटबीच बुधबार बिहे गरेका जनाइएको छ। विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’लगायत गीत चर्चित छन्।
२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरु गरेका थिए।

सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।त्यस्तै, २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओमा अभिनय गर्छिन्। गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनमा उनले अभिनय गरिसकेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*