हेटौंडाको सहिद स्मारकमा अंग्रेजी नयाँ वर्ष भन्दा नेपाली नयाँ वर्षमा पर्यटक घट्यो (फोटो फिचर)
हेटौंडा/हेटौंडा ११ मा रहेको सहिद स्मारकमा अंग्रेजी नयाँ वर्ष (सन २०२२ जनवरी १ तारिख) मा भन्दा नेपाली नयाँ वर्ष (बि.स. २०७९ बैशाख १ गते) मा पर्यटकको आगमन दर घटेको छ ।
सहिद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड वर्षेनी बढ्दो छ । त्यति मात्रै होइन नयाँ वर्षको दिनमा त स्मारकमा पर्यटकहरुको भिड थामिनसक्नु हुन्छ । तर अंग्रेजी नयाँ वर्षमा भन्दा नेपाली नयाँ वर्षमा पर्यटकको आगमन दर भने घटेको सहिद स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनु भयो । अंग्रेजी नयाँ वर्षको दिन अर्थात पौष १७ गतेको दिनमा स्मारकमा आहिलेसम्मकै धेरै भिड भएको थियो जसकारण स्मारकमा आवतजावतमा समेत गाह्रो भएको थियो । आंग्रेजी नयाँ वर्षको दिन स्मारक आउने पर्यटकहरुलाई स्मारकमा धेरै भिड भएर स्मारकसम्म आउनलाई समेत गाह्रो भएपनि नवारपुरको चउरमै पिकनिक खाँदै मन बुझाएका थिए । तर नेपाली नयाँ वर्षको दिनमा स्मारकमा आवतजावत देखि घुमघामको लागि सहज थियो । कारण हो पर्यटक आगमनमा कमी आएको थियो । कस्तो देखियो त स्मारक नयाँ वर्षको दिन हेर्नुस केही तस्बिरहरुः






















