नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मेवारी जापानी कम्पनीलाई दिने तयारी
नौबिसे सुरुङ मार्ग निर्माणको जिम्मेवारी जापानी निर्माण कम्पनीले पाउने भएको छ। सरकारले आव्हान गरेको ग्लोवल टेन्डरमा भाग लिएका चार चिनियाँ र एक जापानी कम्पनीबाट जापानको हाज्मा आन्दो कर्पोरेशन कम्पनी छनौट हुने लगभग निश्चित भएको छ।
कोटेश्वर – सुर्यविनायक, बिपी राजमार्ग बनाएको जापनकै ठूलो निर्माण कम्पनीसँग ठेक्का सम्झौताको तयारी भइरहेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।
आर्थिक प्रस्ताव खोल्दा धेरै कबोल गरेपनि जापानी कम्पनीसँग सम्झौताको क्रममा रकम घटाएरमात्र ठेक्का दिने विभागले तयारी गरेको छ। चिनियाँ कम्पनीले न्यून कबोल गरेपनि ऋणदाता जापान सहयोग नियोग ‘जाइका’ ले असहमति जनाएपछि रकम घटाएर जापानी कम्पनीलाई ठेक्का दिने तयारी भएको हो।






