‘द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियो सहित सार्वजनिक

जनपत्र
२१ फाल्गुन २०७८, शनिबार ०६:३३

‘द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतको भिडियोमा बाल गायक जेनिशकै वास्तविक जीवनलाई उतारिएको छ ।

गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त ढकाल लगायतको अभिनय छ । भुपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको संगीत सुन्न सकिन्छ ।

गीत सार्वजनिक कार्यक्रममा गायक प्रमोद खरेलले जेनिशको वास्तविक कथालाई भिडियोमा उतार्नु चुनौतिपूर्ण रहेको बताए ।भिडियोमा जेनिशको आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री लक्ष्मी बर्देवाले चरित्रमा आफूलाई ढाल्नका लागि जेनिशले आमाको सम्झना गरेको भिडियो र जेनिशको आमाको फोटोहरु हेरेर पहिरनमा ध्यान दिएको बताइन् । प्रमोद खरेलले भिडियोको कन्सेप्ट सुनाउँदा आफ्नो गहभरी आँशु भएको गायिका बर्देवाले बताइन ।

बाल गायक जेनिशले भने भिडियोको छायांकनको बेला गाह्रो भएको स्मरण गरे । उनी भन्छन्, ‘भिडियोको छायांकनको बेला अलि गाह्रो भएको थियो । तर, पछि आफूले गरेको अभिनय हेर्दा हाँसो पनि लाग्यो र खुसी पनि भएँ ।’ आफ्नो दिवंगत आमाको रोलमा लक्ष्मी बर्देवाले अभिनय गर्दा आफ्नै आमा जस्तो लागेको उनले बताए ।https://www.youtube.com/watch?v=wDDTb3TFWtQ&t=335s

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*