आमिरले सारे लालसिंह चड्डाको रिलिज मिति, अब कहिले आउँछ हलमा ?

जनपत्र
४ फाल्गुन २०७८, बुधबार ०८:२२

बलिउड अभिनेता आमिर खानले आफ्नो बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ लाई तोकिएको समयमा रिलिज गर्न नसक्ने बताएका छन् ।

दर्शकसँग क्षमा माग्दै कोरोनाका कारण फिल्मको काम निर्धारित समयमा नसकिएपछि यो फिल्मको प्रदर्शन मिति आफूहरूले सार्नुपरेको बताएका छन् ।

यो फिल्म यसअघि १४ अप्रिल अर्थात् आगामी १ वैशाखमा हलमा प्रदर्शन गर्ने तय भएको थियो । तर, समयमा निर्माण कार्य नसकिएपछि अब अब ११ अगस्टमा हलमा रिलिज गर्ने उनले बताएका छन्।

प्रोडक्सन हाउसको सामाजिक सञ्जाल ह्यान्डलमार्फत आमिरले रिलिजको यो नयाँ मिति सार्वजनिक गरेका हुन् ।छापाबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*