आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्दैछन् अनमोल केसी

जनपत्र
२९ माघ २०७८, शनिबार ०६:४२

नायक अनमोल केसीले भ्यालेन्टाइन डेको दिन आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने भएका छन्। उनले शुक्रवार एक कार्यक्रममा फेब्रुअरी १४ मा भ्यालेन्टाइनको इन्स्टाग्रामको स्टोरीमा भ्यालेन्टाइन सार्वजनिक गर्ने बताए।

शुक्रवार अनमोल र सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीत रिलिज कार्यक्रममा थिए। ‘फूलको थुंगा हौ की’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनलाई सन्चारकर्मीले भ्यालेन्टाइन विकबारे प्रश्न सोधेका थिए।

शुक्रवार प्रमिश डेमा के वाचा गर्नुहुन्छ भनेर सोधेका थिए। अनमोलले फागुन २ गते ‘भ्यालेन्टाइन डे’को दिन आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने बताए। ‘भ्यालेन्टाइन डेको दिन मेरो इस्टाग्राम स्टोरीमा म मेरो भ्यालेन्टाइनसँगको भिडियो हाल्छु,’ अनमोलले भने। ‘फुलको थुंगा हौ कि’ बोलको पुरानो गीतमा श्रीकृष्ण श्रेष्ठ र झरना थापाले अभिनय गरेका थिए। उकेराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*