‘आकासे खेती’ को टिजरमा नीता र मरिष्काले पाएनन् ठाउँ

जनपत्र
२७ माघ २०७८, बिहीबार १०:२०

कुनै पनि फिल्मको गीत, ट्रेलर र टिजरमा मुख्य कलाकारलाई विशेष प्राथमिकता दिइन्छ । फिल्ममा नाम चलेका कलाकारको अभिनय भए प्रचार सामाग्रीमा उनीहरुको अनुहार देखाए मात्रै पनि हलसम्म दर्शक आउने लोभ निर्माण टिमलाई हुन्छ । तर, आगामी फागुन २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आकासे खेती’ को टिजरमा भने मुख्य दुई अभिनेत्री नीता ढुंगाना र मरिष्का पोखरेललाई नै ठाउँ दिइएको छैन ।

फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, जयनन्द लामा, शिशिर बाङ्देललाई प्राथमिकता दिइएको टिजरमा नीता र मरिष्काले एक सेकेण्ड पनि ‘स्क्रिन स्पेश’ पाएका छैनन् । उनीहरुको भूमिका खुल्ने डरले निर्माण टिमले दुवैलाई टिजरमा लुकाएको बुझ्न सकिन्छ । यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘चिटिक्कै परेर’ गीतको भिडियोमा भने नीता र मरिष्का प्रस्तुत थिए ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको कथामा बनेको फिल्ममा केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माताको रुपमा छन् । उदय सुब्बाको निर्देशन र कथा रहेको फिल्ममा विल्सन विक्रम राईको पटकथा र संवाद, बिक्रम डिसीको छायाङ्कन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजीव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*