मिस वर्ल्डको फिनालीमा ४० सुन्दरी मात्र सहभागी हुँदै, मिस नेपाल नम्रता पनि परिन्

जनपत्र
९ माघ २०७८, आईतवार ०६:२०

कोरोना महामारीका कारण रोकिएको विश्व सुन्दरी प्रतियोगिता ९मिस वर्ल्ड० को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागी हुन पाउने भएका छन्।

मिस वर्ल्डले शनिबार सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० प्रतियोगीलाई मात्र फिनालीमा सहभागी गराउन लागिएको हो।

उक्त सूचीमा हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ पनि परेकी छन्।कूल ९७ प्रतियोगिताबाट ४० जना प्रतिस्पर्धी फिनालीका लागि छानिएका हुन्। ​

७०औं मिस वर्ल्डको ग्रान्ड फिनाली मार्च १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ। त्यसका लागि छानिएका ४० प्रतिस्पर्धी मार्च १२ मै त्यहाँ पुगिसक्नुपर्नेछ। मार्च १७ मा ब्यूटी विथ पर्पसको विशेष इभेन्ट हुनेछ। मार्च १८ मा सहभागीहरू आआफ्ना देश फर्किनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*