‘कठपुतली’ ले जगायो आश, हलमा दर्शकको चाप

जनपत्र
१९ पुष २०७८, सोमबार ०६:००

कोरोना महामारीयता प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक तान्न सकेका थिएनन् । यही शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले भने आशा जगाएको छ । प्रदर्शनको पहिलो दिन नै दर्शकको राम्रो साथ पाएको फिल्मले शनिवार राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा हाउसफुल व्यापार गरेको थियो । सिंगल थिएटरमा पनि फिल्म हेर्ने दर्शक उल्लेख थिए ।

शुक्रवार फिल्मको व्यापार सुखद भएपछि नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेशनमा शनिवारका लागि १४ वटा २२ शो पुर्‍याएको थियो । त्यसमध्ये अधिकांश शोमा फिल्मको अकुपेन्सी शतप्रतिशत रहेको वितरक कम्पनीले जानकारी दिएको छ । राजधानीका अन्य मेजर मल्टीप्लेक्सहरुमा पनि फिल्म हेर्ने दर्शकको चाप उच्च देखिएको थियो ।

फिल्मप्रति दर्शकको आकर्षण देखेर फिल्मकर्मीहरुले खुसी व्यक्त गरेका छन् । हुन पनि, नेपाली फिल्मले दर्शकको साथ पाउन नसकिरहेको अवस्थामा ‘कठपुतली’ ले नयाँ आशाको किरण छरेको छ । माउथ पब्लिसिटी बलियो भएकाले फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने धेरैको विश्वास छ । यो फिल्म नेपाली फिल्म क्षेत्रका लागि सञ्जीवनी बुटी सावित हुने आँकलन गरिएको छ ।

निर्माता पृथ्वी राना मगरले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र हाउसफुल व्यापारले उत्साह थपेको बताए । भिमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइरालाको मुख्य भूमिका छ । जोएल फ्रूमले खिचेका फिल्मको सह(निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । फिल्म हरर जनरामा बनेको हो । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*