आउँदो मंसिरमा ‘अञ्जली’
नेपाल चलचित्र संघले यही असोज २१ गते घटस्थापनाबाट देशभरका सिनेमा हल खुलाउने निर्णय गरेसँगै निर्माण सकेर बसेका र छायांकनरत फिल्मले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच, गत एक हप्तादेखि उपत्यकामा छायांकन भइरहेको फिल्म ‘अञ्जली’ आउँदो मंसिरमा प्रदर्शन हुने भएको छ । छायांकन पूरा भएपछि प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।
घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको फिल्ममा कथा र निर्देशन दिनेश लिङ्देनको छ । यो फिल्ममा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, नन्दु तुम्बापो लगायतका कलाकारको अभिनय रहेको छ ।
सुशिल अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य निर्देशन रहेको फिल्ममा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माताको रुपमा छन् । २०१६ मा प्रदर्शन भएको फिल्म ‘च्याम्पियन’ पछि नयाँ फिल्ममा काम नगरेका अभिनेता दिक्पालले ‘अञ्जली’ बाट ५ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् । फिल्ममा उनी अतिथी भूमिकामा देखिने छन् । फिल्मीखबरबाट







