क्रिकेटर विनोद भण्डारी र सञ्चारकर्मी सोनिका अर्यालबीच इन्गेजमेन्ट

जनपत्र
७ आश्विन २०७८, बिहीबार ०६:२६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन्।

केही समयदेखि प्रेममा रहेका उनीहरूले बुधबार काठमाडौंमा एक समारोह आयोजना गरी औंठी साटासाट गरेका हुन्। उनीहरूबीच दसैंको टिकाका दिन बिहे गर्ने तय भएको छ।

खेल पत्रकार सोनिका ग्यालेक्सी फोके टीभीमा काम गर्छिन्। क्रिकेटको रिपोर्टिङ गर्ने क्रममा विनोदसँग उनको चिनजान भएको र प्रेम सुरु भएको उनका निकटस्थहरू बताउँछन्।

विनोद कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी। विनोद ओमान टुर सकेर मंगलबार मात्र स्वदेश फर्केका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*