नेपाल-युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डर बने दयाहाङ

जनपत्र
१५ भाद्र २०७८, मंगलवार ०७:२१

भर्सटायल अभिनेताको रुपमा आफूलाई चिनाएका दयाहाङ राई नेपाल(युरोपियन फिल्म फेस्टिभल ९नियुफ० को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । नेपाली फिल्मको लोकप्रिय कलाकारलाई फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा डेलिगेसनले खुसी व्यक्त गरेको छ ।

दयाहाङले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुसी लागेको बताए । फिल्मका गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि फेस्टिभलले फिल्मकर्मीमा उर्जा दिने उनको भनाई छ । ‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुनेछन्, यसले झनै उत्साहित बनाएको छ,’ उनले भने ।

भौतिक उपस्थितिमा हुँदै आएको नेपाल(युरोपियन फिल्म फेस्टिभल यस वर्ष भर्चुअल रुपमा हुँदैछ । फेस्टिभलको दशौँ संस्करण आउँदो असोज १ देखि ९ गतेसम्म चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु फिल्म प्रतियोगिताको विजेता घोषणा तथा फिल्मसँग सम्बन्धित विभिन्न महत्वपूर्ण अन्तरक्रिया र गोष्ठिहरू सञ्चालन हुने जनाइएको छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*