आज विश्व आणविक परिक्षण विरुद्धको दिवस

जनपत्र
१३ भाद्र २०७८, आईतवार ०८:१७

सन् २००९ को डिसेम्बर २ मा संयूक्त राष्ट्रसंघको ६४ औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन शुरु गरेको हो । आणविक हतियारहरु सामूहिक बिध्वशं गर्ने हतियार हुन् । मानव सभ्यताको विकास सँगै ढुंगे युग बाट आजको दिन सम्म आईपुग्दा तरवार, धनुषवाण, बन्दुक, हवाईजहाज हुँदै आणविक हतियारका साथ युद्ध लडेको देखिन्छ ।

दोश्रो विश्वयूद्धमा जापानको हीरोशीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण भएको थियो । आणविक हतियार कति सम्म असर राख्छ भने हीरोशीमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरु उम्रन सकेको छैन । आणविक हतियारका कारणले भएका बिकिरणका कारण बिभिन्न स्वास्थ्यलगायतका समस्या र दिर्घकालिन असरहरु अझैपनि छँदैछन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधरणको दुःखद मृत्यू भएको थियो ।

हिन्दू शास्त्रहरुमा पनि कुनै पनि हतियारले कार्य नगरेमा ब्रह्मास्त्र प्रयोग गर्ने र प्रहार गर्ने अनि प्रहार खप्ने दुवैलाई पीडा हुने कथाहरु उल्लेख छ । ब्रह्मास्त्रसंग आणविक हतियारलाई तुलना गर्न सकिन्छ । महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनको भनेका छन् ।, “मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।”

त्यसैले आणविक शक्तिलाई गलत प्रयोग गर्नुहन्न । जसलाई नियन्त्रण र निस्तेज गर्नु आज विश्व समूदायको सामू ठूलो चुनौति बनि उभिएको छ । आणविक शक्ति बिकास अनि वृद्धिकालागि हो, बिध्वंशकालागि हैन । आजको दिनले यस्तै कुराहरुलाई चरितार्थ गर्न खोजेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*