मलाई विवाहदेखि डर लाग्छ : केकी अधिकारी

जनपत्र
११ भाद्र २०७८, शुक्रबार ०५:५८

अभिनयसँगै वाक कलामा पोख्त मानिन्छिन्, केकी अधिकारी । हरेक कुरालाई तथ्य र तर्कसहित भन्न उनी सिपालु छिन् । करीब १२ वर्ष लामो अभिनय करिअरमा आजसम्म विवादमा समेत नमुछिएकी उनी उमेरले ३२ वर्षको भए पनि अविवाहित छिन् । केही वर्षयता आफन्त, मिडियाकर्मी र दर्शकबाट विवाहको प्रश्न झेल्दै आएकी उनी आफूलाई विवाहदेखि निकै डर लाग्ने बताउँछिन् ।
केकीले बुधवार आफ्ना यूट्युब च्यानलमा प्रशंसकले सोधेको प्रश्नको जवाफ दिएको भिडियो राखेकी छन् । जसमा एक प्रशंसकले उनलाई फ्यानसँँग बैबाहिक सम्बन्धबारे जिज्ञासा राखेका छन् । यसमा केकीको जवाफ छ, ‘मलाई विवाह भन्ने चीजसँग डर लाग्छ । त्यसैले बिहे जो सुकैसँग होस् । फ्यानलाई म पूजा गर्छु ।’ मन मिले फ्यानसँग विवाह गर्न कुनै आपत्ति नभएको उनको आशय छ ।
त्यस्तै, अर्का फ्यानले उनलाई ‘बिहे गरम गरम लाग्दैन’ भनेर सोधेका छन् । जवाफमा उनले हाँस्दै भनेकी छन्, ‘बिहे गरम गरम त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन । जतिले पनि विवाह गरेका छन्, बिहे गरम गरम लागेर गरेका होइनन् होला । मलाई बिहे नगरम नगरम पनि भएको छैन ।’ उनले आजसम्म आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरुको लिस्ट लामै रहेको पनि बताएकी छन् ।
फिल्म ‘छ माया छपक्कै’ बाट करिअरमा पहिलो पटक सफलता हासिल गरेकी केकीले निषेधाज्ञाभन्दा अगाडि आफ्नो अभिनयमा ‘बोक्सीको घर’ नामक फिल्मको निर्माण गरेकी थिइन् । फिल्मको चरित्रका लागि उनले आफ्नो कपाल समेत मुन्डन गरिन् । दशैंअघि उनी फिल्म ‘घिन्ताङ’ को छायांकन सुरु गर्ने तयारीमा छिन् । उनको पाइपलाइनमा फिल्म ‘कहानी तिम्रो मेरो’ पनि छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*