छोरीको पिता बने खगेन्द्र लामिछाने

जनपत्र
४ भाद्र २०७८, शुक्रबार ०६:०२

अभिनेता खगेन्द्र लामिछाने छोरीको पिता बनेका छन् । बुधवार विहान उनकी श्रीमती रोजिना सिटौलाले छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक सञ्जालमा छोरीको एक तस्विर पोस्ट गर्दै आफू पिता बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘यो दुनियाँमा स्वागत छ छोरी ।’ सामाजिक सञ्जालमा खगेन्द्र र रोजिनालाई बुबा(आमा बनेकोमा बधाई दिनेको ओइरो लागेको छ ।

रोजिना सिटौला नेपाली फिल्मकी निर्मात्री समेत हुन् । उनी फिल्म ‘पशुपति प्रसाद’ र ‘धनपति’ मा निर्माताको रुपमा थिइन् । त्यस्तै, खगेन्द्रको डेब्यू निर्देशित फिल्म ‘पानी फोटो’ मा पनि उनी निर्मातामा छिन् । उनले श्रीमानलाई फिल्म निर्माणमा साथ दिँदै आएकी छन् । खगेन्द्रले पनि आफूलाई अभिनयमा प्रमाणित गरिसकेका छन् । ‘पशुपति प्रसाद’ उनको करिअरकै उत्कृष्ट फिल्म मानिन्छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*