‘फुलबुट्टे सारी’पछि लक्की सिद्दुको अर्को नेपाली कभर ‘टुङ्गनाको धुनमा’
पञ्जाबी गायक लक्कि सिद्दुले लोकप्रिय नेपाली गीत ‘टुङ्गनाको धुनमा’ को कभर गीत गाएका छन्। ‘रहर’ चलचित्रको यो गीतमा इन्द्रजीत मिजारको स्वर रहेको थियो। यो गीतलाई निर्देशक, लेखक तुलसी घिमिरे र कुसुम गजमेरले लेखेका हुन्। गीतमा संगीत भने रञ्जित गजमेरको रहेको छ।
सिद्दुले यो भन्दा अगाडि चर्चित गीत ‘फूल बुट्टे सारी’ को कभर गीत गाएका थिए। संसार व्लग प्रडक्शनको निर्माणमा बनेको यो गीमा लक्कि सिद्दुसँगै प्रज्वल भट्टराई, एफ बकानु र उताभको अभिनय रहेको छ। भिडियोलाई जिएनएस जोनिले निर्देशन गरेका हुन्।







