‘फुर्के धागो-२’ सार्वजनिक (भिडियो सहित)

जनपत्र
२१ श्रावण २०७८, बिहीबार ०८:०२

‘फुर्के धागो’ बोलको गीतको सफलता पछि भर्खरै ‘फुर्के धागो २’ सार्वजनिक भएको छ। प्रभा बर्तौलाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। साथै उक्त गीतमा संगीत गायक गौतमले नै रहेको छ ।

भुवन लामाको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा मुख्य अभिनय कलाकार अन्जली अधिकारी र नयन डिसीको रहेको छ। यस्तै गीतको एरेन्जमा उदयराज पौडेल र भिडियो सम्पादन वीर बहादुर थारुले गरेको छ । फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमले दाबी गरेको छ ।

कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ। बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो २’ गीत ‘जननी नेपाल’ नामक युटुब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
हेर्नुस भिडियो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*