भारतीय टिभी रियालिटी सो ‘बिग बोस’बाट सलमान बाहिरिए
भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १५ औं सिजनको होस्ट फिल्म निर्देशक करण जोहरले गर्ने भएका छन्।
यसअघिका सोहरुको होस्ट बलिउड अभिनेता सलमान खानले गरेका थिए । ‘बिग बोस’ ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ। शो अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुँदैछ।







