सुनिल सेट्टीकी छोरी अथियासँग सलमान खानले किन मागे माफी?
सलमान खानको बलिउडका अर्का अभिनेता सुनिल सेट्टीसँग राम्रो सम्बन्ध छ। यी दुईको व्यक्तिगत मात्र नभई पारिवारिक सम्बन्ध पनि राम्रो रहेको टिप्पणी गरिन्छ। यस्तोमा अभिनय क्षेत्रमा संघर्ष गरिरहेकी सुनिलकी छोरी अथिया सेट्टी सलमानको कति नजिक छिन् भन्ने अनुमान सहजै गर्न सकिन्छ।
सलमानले अथियाले बलिउडमा डेब्यू गरेको चलचित्र ‘हिरो’ निर्माण गरेका थिए, जसमा अथियासँग सुरज पञ्चोलीले पनि डेब्यू गरे। तर बलिउडमा डेब्यू गराउन चलचित्र निर्माण गरेका सलमानले अथियासँग माफी मागेका छन्। सलमान भाइ अरबाज खानको शो ‘पिञ्च सिजन २’ मा देखापरेका थिए। त्यही कार्यक्रममा अरबाजले सलमानलाई ट्वीटरमा उनलाई पच्छाउनेहरुको बारेमा कुरा गरेका थिए।
यस्तै अरबाजले सलमानको इन्स्टाग्राममा ४ करोड २२ लाख फलोअर रहेको र उनले जम्मा २७ जनालाई फलोव्याक गरेको जानकारी गराए। प्रश्न सोध्ने क्रममा उनले ३ जना अभिनेत्रीहरुको नाम लिए– कट्रिना कैफ, संगीता बिजलानी र अथिया सेट्टी जसमध्ये एकलाई सलमानले फलो गरेका थिएनन्।
सलमानले संगीताको नाम लिए तर अरबाजले उक्त नाम गलत भएको जानकारी दिए। अरबाजले सलमानलाई अथिया सेट्टीलाई उनले फलो नगरेको जनाएपछि सलमानले कार्यक्रम सेटमा नै हात जोडेर माफी मागे र अथियालाई चाँडै नै फलो गर्ने बताए। सलमानले अहिलेसम्म अथियालाई फलो भने गरिसकेका छैनन्।







