भ्वाइस अफ नेपालकी सुरक्षाको नयाँ गीत सार्वजनिक
गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी प्रतिस्पर्धि हुन् सुरक्षा सेन्चुरी । यतिबेला उनी आफ्नो नयाँ गीत ‘भुलेर नि माया नलाउनु’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । उक्त गीतमा सत्यकला लामाको शब्द तथा बादल थापा मगरको संगीत निर्देशन छ ।
गीतको म्युजिक भिडियोमा मोडल विकाश लामिछाने तथा सत्यकला लामाले अभिनय गरेका छन् । भिडियोलाई सन्तोष राजवहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका छन् । दिन्सोन शाहले सम्पादन गरेको भिडियो एएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको छ ।







