सलमानको फिल्म राधे बहिष्कार गर्न माग

जनपत्र
३१ बैशाख २०७८, शुक्रबार ०६:४७

बलिउड अभिनेता सलमान खानको फिल्म राधेः योर मोस्ट वान्टेड भाइ रिलिज भइसकेको छ । यो फिल्मलाई विभिन्न प्लेटफर्मममा रिलिज गरिएको हो । इदको अवसरमा रिलिज भएको यो फिल्मको चर्चा एकातिर छ भने भारतीय सामाजिक सन्जालका प्रयोगकर्ताले यसलाई बहिस्कार गर्न पनि माग गरेका छन् ।

भारतमा ट्विटर प्रयोगकर्ताले यसलाई बहिस्कार सुरु गरेको ह्यासट्याग अहिले ट्रेन्डिङमा पनि परेको छ । अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग पनि जोड्दै यो फिल्म बहिस्कारको माग गरिएको छ । अनि फिल्म समीक्षकहरुले चाहिँ यो फिल्मलाई औसत फिल्मको दर्जा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*