भारतीय महिला क्रिकेटर बेदाकाे काेभिडका कारण दिदीकाे निधन
भारतीय महिला क्रिकेटर बो कृष्णमुर्तिको परिवारमा दोहोरो पिडा थपिएको छ । दुई साता पहिले आफ्नी आमालाई गुमाएकी बेदाकी दिदीको पनि निधन भएको छ । दुबैको कोरोनाका कारण निधन भएको हो । अलराउण्डर बेदाले सोसियल मिडियामा एक भावुक स्टेटस राख्दै आमा गुमाएपनि सबै सकिए जस्तो भएको अवस्थामा फेरी दिदीको निधनले झन ठूलो पिडा थपेको बताएकी छिन ।
उनले आफ्नो परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको बताएकी छिन । भारतमा कोरोनाका कारण निकै भयाभव अवस्था भएको छ । दैनिक कोरोनाले ज्यान गुमाउनेको संख्या हरेक दिन बढिरहेको छ । बेदाले भारतीय टिमका लागि ४८ एकदिवसय र ७६ टी २० खेलेकी छिन ।






