चेन्नेईकाे दाेस्राे जित, राजस्थान ४५ रनले पराजित

जनपत्र
७ बैशाख २०७८, मंगलवार ०६:३५

इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हरायो । जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो । मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ८८ रन बनायो ।

चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन बनाउँदा मोइन अलीले २६ रन बनाए । यस्तैड्वायन ब्राभोले अविजित २० रन बनाए । चेन्नेईका कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८(१८ रन बनाए भने साम कुरन १३ रन तथा रुतुराज १० रनको योगदान गरे । राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

जवाफमा राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदा एकसय ४३ रनमा रोकियो । राजस्थानका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । ३० रनमा पहिलो विकेट गुमाएको राजस्थानले ४५ रनमा दोस्रो तथा ८७ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को गरि आउट भए ।

राजस्थानको स्कोर ९० रन हुँदा चार विकेट गुमेको थियो । तर त्यसपछि स्कोरबोर्डमा अरु पाँच रन जोड्दा थप तीन विकेट गुमायो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाए भने शिभंम दुबेले १७ तथा मनन बोहराले १४ रनको योगदान गरे । कप्तान सञ्जु सामसन मात्र एक रनमा आउट भए भने डेविड मिलरले दुई रन बनाए । यस्तै रायन प्राग तीन रनमा पेभेलियन फर्किदा क्रिस मोरिसले खाता खोल्न सकेनन् ।

उसका राहुल टेवाटियाले २० रन बनाए भने जयदेभ उनादकटले २४ रन बनाए । बलिङमा मोयन अलीले तीन विकेट लिए भने साम कुरान र रविन्द्र जडेजाले दुई दुई विकेट हात पारे । जितपछि चेन्नेईले तीन खेलमा चार अंक बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*