राजस्थानविरुद्ध पञ्जावको रोमाञ्चक जित

जनपत्र
३१ चैत्र २०७७, मंगलवार ०६:४१

इन्डियन प्रिमियर लिग ९आईपीएल०मा अन्तरगत सोमबार राति सम्पन्न खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ । रोमाञ्चक खेलमा अन्तिम बलमा ५ रन चाहिएको राजस्थानले थप रन जोड्न सकेन र २१७ रनमै सीमित बन्यो ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले राजस्थान रोयल्ससामु २ सय २१ रनको विशाल प्रस्तुत गरेको थियो । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको थियो । खेलमा राजस्थानका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरे । यद्यपी उनले टिमलाई हारबाट भने जोगाउन सकेनन् ।

उत्कृष्ट प्रदर्शन गरेका सञ्जुले ७ छक्का र १२ चौकासहित ११९ रनको योगदान दिए । कप्तानको रुपमा उनले पहिलो खेलमै सतकीय इनिङ खेलेका हन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*