राष्ट्रिय टिमबाट अन्तिम पटक खेल्दै छन् विराज

जनपत्र
१२ चैत्र २०७७, बिहीबार ०६:२०

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा डिफेन्डर विराज महर्जन त्रिदेशीय फुटबल प्रतियोगितामा टिममा सहभागी भएसँगै केही उत्साही छन्। किनकी उनी लामो समयदेखि राष्ट्रिय टिममा स्थान बनाउन सकिहरेका छैनन्। १३ वर्षे लामो फुटबल करिअरको सुखद् अन्त्यका लागि पनि उनी एकपटक घरेलु दर्शक सामु मैदानमा उपस्थित हुन चाहन्थे। जुन प्रतीक्षा अब पूर्ण हुँदै छ। बुधबार त्रिदेशीय फुटबल प्रतियोगितामा टिमको घोषणा भएसँगै उनको अबको प्रतीक्षा मैदानमा हुनेछ। जहाँ उनी घरेलु दर्शकमाझ राष्ट्रिय जर्सीमा अन्तिम प्रतियोगिता खेल्नेछन्।

जारी प्रतियोगितामा नेपाल जुन स्थानसम्म पुग्छ, त्यहाँ सम्म खेल्ने उनको लक्ष्य छ। त्रिदेशीय खेलमा नेपालले बिहीबार किर्गिस्तानको यु–२३ को सामना गर्नेछ। विराजले भने, ‘मेरो लागि घरेलु मैदानमा हुने खेल नै अन्तिम खेल हो। नेपाल प्रतियोगितामा जुन स्थानसम्म पुग्छ त्यहाँसम्म पुगेर सनन्यास लिनेछु।’ अखिल नेपाल फुटबल संघ ९एन्फा० एकेडेमीको दोस्रो ब्याचका उत्पादन विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको खेलमा डेब्यु गरेका थिए। सन् २०१५ मा भारतको केरलामा भएको साफ च्याम्पियनसिपको क्रममा श्रीलंकाविरुद्ध उनले पहिलोपल्ट राष्ट्रिय टिमको कप्तानीको अवसर पाएका थिए।

गुवाहटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद ९साग०मा यू–२३ टिमको पनि कप्तानी गरेका उनले नेपाललाई स्वर्ण पदकसमेत दिलाए। उनकै नेतृत्वमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कपको समेत उपाधि जितेको थियो। विराज सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन्। उनले पूर्वकप्तान राजुकाजी शाक्यको नाममा रहेको ६८ क्यापको कीर्तिमान उनले भंग गर्दै देशका लागि सर्वाधिक खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्।

२०१८ मा बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेलको दोस्रो हाफमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गर्दै विराजले सर्वाधिक क्याप जित्ने नेपाली फुटबल खेलाडीको कीर्तिमानी पूरा गरे।उनले ६९ क्याप जित्दै पूर्वकप्तान शाक्यको कीर्तिमान तोडेका थिए। विराज खेलको ८४ औं मिनेटमा दिनेश राजवंशीको स्थानमा मैदान प्रवेश गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*