विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता बुटवलबाट पक्राउ

जनपत्र
७ फाल्गुन २०७७, शुक्रबार ०७:४२

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ परेका छन्। बुटवलमा आयोजित खुलासभामा सहभागी भएका उनी कार्यक्रम सकिएपछि पक्राउ परेको रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

उनका अनुसार भुसालको भूमिकाका बारेमा अनुसन्धान थालिएको छ। उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*