राष्ट्रिय महिला लिगमा आज दुई खेल हुने
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज बिहीवार दुई खेल हुँदै छन् । लिगमा आज उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिष्पर्धा हुन लागेको हो । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
चौदण्डीगढी र वालिङबीचको खेल मध्यान्ह १२ बजे हुनेछ भने आर्मी र विराटनगरबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई ८-० गोल अन्तरले पराजित गरेको थियो ।






