‘प्रधानमन्त्री ओली चुनाव गर्न तयार छन्, अब सडक आन्दोलनको अर्थ छैन’

जनपत्र
२५ माघ २०७७, आईतवार ०७:१५

नागरिक समाजका एकजना अगुवा डा। सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली चुनाव गराउन तयार रहेको बताएका छन्। दीक्षितले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा उनी निर्वाचनमा जाँदैछन् भन्ने कुरा निश्चित भएको दाबी गरे। ुकेपी ओली चुनावका लागि रेडी हुनुहुन्छ । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछु, रिपोर्टर्स क्लब नेपालमा शनिबार बोल्दै उनले भने, भोलि निर्वाचन भयो भने सबै दल सहभागी हुन्छन्।’

डा। दीक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भए पनि निर्वाचनमा जाने दाबी गरे। चुनाव हुने भयो भने कोही पनि पाँच वर्षका लागि बाहिर नबस्ने उनको तर्क थियो। ‘निर्वाचन भएको अवस्थामा कुनै पनि दल बाहिर बस्दैनन्, उनले भने, सबै दल निर्वाचनमा जान्छन्, यो ठोकुवा गर्न सकिन्छ।’ डा। दीक्षितले आज दलहरु सडकमा उत्रिनुको कुनै कारण नै नभएको पनि जिकिर गरेका छन्। अदालतमा विचाराधीन मुद्दालाई लिएर सडकमा आन्दोलन गर्नुको कुनै तुक नहुने उनले बताए।

दीक्षितले नेपालमा यस्तो खालको संसदीय व्यवस्था चल्नै नसक्ने बताए। नेपालमा अहिलेको संसदीय प्रणाली चल्न सक्दैन, बारम्बार समस्या आइरहन्छन्, उनले भने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय शासन नेपालका लागि आवश्यक भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*