‘नक्कली म्यासेज’ बनाई दुष्प्रचार गरिएको भन्दै सूर्य थापाले पोखे आक्रोश

जनपत्र
२३ माघ २०७७, शुक्रबार ०७:०४

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा ‘फेक म्यासेज’ बनाएर प्रचण्ड(नेपाल पक्षबाट भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् । सूर्य थापाको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको भनेर भ्रम फैलाइएकोप्रति उनले आक्रोश पोखेका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो अपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु ।’ उनले भोलि हुने गरी तयारी भइरहेको निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने बताएका छन ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका केही ‘स्क्रिन सट’ राख्दै उनले यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न सम्बद्ध सबैमा अनुरोध पनि गरेका छन ।

उनले फेसबुकमा यस्तो लेखेका छन
https://www.facebook.com/surya.thapa.754918/posts/3725034147589062

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*