दाहाल-नेपाल पक्षको आन्दोलन विल्कुलै गलत हो : डा. सुन्दरमणि दिक्षित

जनपत्र
१२ माघ २०७७, सोमबार ०६:३३

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले संसद विघटनबारे तपाईँ कता रु भन्ने प्रश्नमा आफू सर्वोच्च अदालतको निर्णय जे आउँछ त्यसकै पक्षमा भन्ने जवाफ दिए । उनले अहिले आन्दोलन गर्ने समय नभएको बताउँदै संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगिसकेकोले अब उसको भर्डिक्ट नै महत्वपूर्ण हुने बताउँदै सबैले त्यसलाई मानेर अघि बढ्नुपर्ने सुझाव दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ पत्रकार धमलाले डा. दिक्षितसँग गरेको कुराकानीको सम्पादित अंश ः

अब तपाईँहरु आन्दोलनमा कि संसद् पुनर्स्थापनाको पक्षमा कि चुनाव को पक्ष मा ?

म त सुिप्रम कोर्टको घडीको पक्षेमा ।

त्यसोभए संसद् पुनर्स्थापना हुदैन भन्ने तपाँइको निश्कर्ष हो निर्वाचनमा जानु पर्छ ?

त्यो होइन । सुिप्रम कोर्टको भर्डिक्ट इण्डिपेन्डेन्ट भर्डिक्ट आउनुपर्छ । त्यो सुिप्रम कोर्टको भर्डिक्ट इण्डिपेन्डेन्ट भर्डिक्ट लोकतन्त्रको लागी सबैभन्दा ठुलो सुिप्रम कोर्टको नै हुन्छ । सुिप्रम कोर्टले जे डिसिजन दिन्छ,ँ त्यसलाई हामीले मान्नुपर्छ । त्यो मानेपछि मात्रै लोकतन्त्र हुन्छ, त्यो नमानेमा अराजकतन्त्र हुन्छ । यो हामी सबैले बुझे हुन्छ । सडक तताउँदैमा सुिप्रम कोर्टलाई प्रभाबमा पारेर आफनो पक्षमा ल्याउने कुरा विल्कुल अलोकतान्त्रिक हुन्छ । अहिले जे भईराखेको छ यो गलत भइराखेको छ । हामी लोकतन्त्रमाथि विस्वास गर्नेहरु सुप्रिम कोर्टको भर्डिक्ट पर्खिनैपर्छ । अहिले जथाभावी शंकारउपशंका गर्ने काम छैन । सुप्रिम कोर्टको निर्णय आउन दिउँ, त्यसपछि कोर्टले जे भन्छ त्यही गर्ने ।

त्यसो भए प्रचण्ड र माधवकुमार नेपाल समूहले त आन्दोलन गरिरहेको छ नि, तपाईँ कता अुनुहुन्छ रु पक्षमा कि विपक्षमा ?

दाहाल नेपाल पक्षको आन्दोलन विल्कुलै गलत हो । यो कोरोनाको समयमा के थाहा छ अहिले भने हाल सालमा अहिले न्यूट्रेशस गरेको कोरोना छ नि बेलायतबाट आएको, नेपालमा पनि भित्रिसकेको छ । अस्तिसम्म के भने यो फैलिन त भयंकर फैलिनसक्छ भनिएको थियो, तर कडा छैन भनिएको थियो । तर, हिजोको रिपोर्टबाट के आयो भने यो पहिलेको भन्दा कडा रहेछ भन्ने आइसक्यो । यस्तो अवस्थामा नेताहरुले जनताको स्वास्थ्यमा खेलवाड गर्न पाईन्छ रु सामाजिकद दूरी छैन, माक्स छैन, ठुलो–ठुलो बन्द कोठामा भेला गरिरहेका छन । जथाभावी मान्छे राखेर यिनीहरुलाई जनताको अलिकति पनि स्वास्थ्यमा मतलब छैन क्या हो रु यो त अचम्म भयो कोरोना भनेर हामी जनता तर्सेर बसेका छौ । यिनीहरुले कस्तो गरे भनेपछि कोरोनाबाट मार्ने कि पोलिटिक्सबाट मार्ने रु पो गर्न थाले । गर्नै नहुने काम अहिले भइराखेका छन ।

त्यसो भए आन्दोलन आजको आवश्यकता होइन भन्ने तपाईँको निश्कर्ष हो ?

कम्प्लिट्ली होइन् । सुप्रिम कोर्टमा तपाईँ गैसकेपछि माधव–प्रचण्ड गुटले १३, १४ वटा रिट त हालिसके । सुप्रिम कोर्टमा रिट हालिसकेपछि सुप्रिम कोर्टको विश्वास छैन भने निकाल्देउ त सुप्रिम कार्टलाई, हटाइदिउँ सुुप्रिम कोर्ट, किन चाहियो रु अर्को कुरा लोकतन्त्रमा सुप्रिम कोर्ट भनेको सुप्रिम हुन्छ । त्यहाँ विश्वास गरेर तपाईँहरु पुगिसक्नुभयो । सुप्रिम कोर्टमा त्यो मान्नैपर्छ । उता पट्टी त्यो पनि गरिएन यता सुप्रिम कोर्टले उल्टो डिसिजन गर्यो भने हामी सडकबाट संसद् व्यँुताउँछौं भन्ने यो कहाँबाट कुरा आउँछ रु मलाई भन्नुहोस् त कस्तो कुरा हो रु यो बाटो खोली सक्नुभयो, सुप्रिम कोर्टमा गहिसक्नुभयो, अलिकति धैर्यता त गरौं बाबै नेताहरु कति हतार परेको यिनीहरुलाई, नेता बन्न वा प्रधानमन्त्री बन्न यो त यही हो हाम्रो नेपालमा दुरदर्शा ।

तर, नेताहरुको भनाई छ नि डा। साहेव अहिलेको अबस्थामा प्रधानमन्त्रीले व्यवस्थथामाथि नै आक्रमण गर्नुभयो, संसद् विघटन संविधानसम्मत् भएन र संसद् विघटन असंवैधानिक भयो भनेर रु तपाईँले कसरी लिनुभएको छ ?

लोकतन्त्रमा यो जुन भएको छ, यो ओलीजीको लोकतन्त्रभित्रको कू नै हो । ज्ञानेन्द्रले गरेको लोकतन्त्र बाहिरको कू थियो । त्यतिवेला हामी सबै सडकमा उत्रिएका थियौं । ओलीले लाकतन्त्रभित्र कू गरेको छ तर कु गरे पछि यिनीहरु त सुप्रिम कोर्टमा गैसके । ओके, अब सुप्रिम कोर्टले व्याख्या गर्ने बेला आएको छ । किनभने सुप्रिम कोर्टको काम नै व्याख्या गर्ने हो । लोकतन्त्रमा संसद्मा भएको खिचातानीलाई पनि उसले व्याख्या गर्छ । त्यसैले लोकतन्त्रको सुप्रिम भनेकै सुप्रिम कोर्ट हो, अब ओलीको काम अथवा कदम ठिक छ की बेठीक छ भनेर सुप्रिम कोर्टले त्यही किसिमले डिसिजन गर्छ । हामिले त्यसलाई मान्नुपर्छ । यतापनि गर्नेरे उतापनि गर्ने रे, यसोभए हामी मान्ने रे, उसोभए हामी नमान्ने रे रु दबाब दिने घुर्कि लाउने यो पनि कहीँको चलन हो रु प्रधानमन्त्री भएका नेताहरुको यस्तो पनि चाल हो रु अहिले कोरोनाको बेलामा जनतालाई किन जोखिममा पारेका यिनीहरुले रु यो त गर्नै नहुने काम गरिरहेका छन । यो त विल्कुलै गलत हो । जनताको स्वास्थ्यमाथि खेलवाड भएको छ । यसबाट कोरोना भयंकर फैलिन सक्छ । नयाँ कोरोना आइसकेको छ, यसबाट अहिलेको इन्फर्मेसन अनुसार झनै खतरनाक भएर आइसकेको छ । हुन त भ्याक्सिन त आएको छ । तर, यो भ्याक्सिनले हामीलाई केहीपनि गर्दैन् । अलिकति बचाउ मात्रै गर्छ ।

होईन, अहिलेको अवस्थामा संसद् स्थापना कि संसद् पूनःस्थापना भन्नेबारेमा जनतामा बहस भइराखेको छ, तपाईँ प्रधानमन्त्रीको कदमलाई स्विकार गर्नुहुन्छ वा विरोध ?

होईन भनेकै छैन । त्यो कुरा विल्कुलै अलोकतान्त्रिक कुरा छ । यो लोकतन्त्रभित्रको कू त मैले भनिसकें नि । लोकतन्त्रको कू नै भएको ।

लोकतन्त्रमाथिको कू भनिरहँदाखेरि तपाईँ कहाँ हुनुहुन्छ आजको दिनमा रु तपाईँ सडकमा आउनु भएन नि रु नागरिक समाज आइसक्यो नि रु कृष्ण पहाडी आइसक्नुभयो नि ?

म डक्टर मान्छेले जनताको स्वास्थ्यमा खेलवाड गरौं रु म जनतालाई आउ आउ कोरोना फैलाउँ भनौं रु मान्छे मर्न देउ भनँु रु के म बेकुव छु भन्या रु अलिकति त मेरो पनि दायित्व छ यो समाजको निम्ति, मुलुकको स्वास्थ्यको निम्ति । त्यसपछि म भन्छु ओलीले गरेको अलोकतान्त्रिक कुरा हो । सुप्रिम कोर्टमा पुगेपछि त्यो व्याख्या गर्ने काम सुप्रिम कोर्टको हो । कि त यिनी नेताहरुले सुप्रिम कोर्टमा नगइकन आन्दोलन चर्काएको भए एउटा कुरा हुन्थ्यो, कि त आजको दिनमा कोरोनालाई विचार गर्नुपर्दथ्यो । तर, कारोनाको विचार पनि नगर्ने, सामाजिक दूरी छैन, उल्टै फैलिन दिने कोरोनालाई । सुप्रिम कोर्टमा जाने उसको भर्डिक्ट पनि नपर्खिने रु यो कस्तो कुरा हो दुई जिब्रे कुरा भएन यो रु विल्कुल गलत भइराखेको छ । ओलीको कदम पनि गलत हो, यिनीहरुको कदम पनि झन गलत हो ।

त्यसोभए माधव नेपाल र प्रचण्ड पक्षले गरेको कदम गलत हो रु उनीहरुको आन्दोलनमा तपाईँको सहभागिता हुँदैन् ?

कसरी हुन्छ रु म उनीहरुको आन्दोलनमा गएकै छैन् । जाने पनि छैन् । ओलीले गरेपनि म जान्नँ । यीनले गरेपनि म जान्न्ँ । जनतालाई कोरोनाबाट मैले बचाउनु छ । पोलिटिक्स बरु आउन÷जान सक्छ, कोरोनाबाट मरेको मान्छेलाई म ब्युँझाउने सक्दिन् । पोलिटिक्स ब्यँुझिन्छ । ज्ञानेन्द्रको कू पछि पनि पोलिटिक्स ब्युँझिएको छ । रिपोटर्सनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*