विरोधसभाको मञ्चमै नारायणकाजीले प्रचण्ड-नेपालसँग किन देखाए असन्तुष्टि, यस्तो छ स्पस्टीकरण

जनपत्र
११ माघ २०७७, आईतवार ०६:३९

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संघर्ष समितिले बनाएको योजना जानकारी बिनै परिवर्तन गरेकाले शुक्रबार आयोजित विरोधसभामा आफूले मञ्चमै असन्तुष्टि जनाएको बताएका छन्। पुष्पकमल दाहाल प्रचण्ड तथा मावधकुमार नेपाल समूहले शुक्रबार आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोधसभाको संघर्ष समितिले बनाएको कार्यक्रम हेरफेर गरेकोमा असन्तुष्टि जनाएको उनले स्पस्टीकरण दिएका छन्।

शुक्रबार विरोधसभामा श्रेष्ठसँग पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालसँग भनाभन नै भएको थियो। मुखामुख भएपछि श्रेष्ठले कार्यक्रम समापनमा समेत बोल्न मानेका थिएनन्। पढ्नुस्ः ओलीविरुद्धको शक्ति प्रदर्शनमा प्रचण्ड र नारायणकाजीबीच भनाभनस् सभा विसर्जन गर्न इन्कार, पम्फाले देखेको ड्रोन एक्कासी कता हरायो ?

शनिबार सामाजिक सञ्जालमा स्पस्टीकरण लेख्दै उनले भनेका छन–

प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका बिरुध्द हाम्रो पार्टीद्वारा हिजो राजधानीमा आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्य रुपमा सफल भयो। छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ।

केपी ओलीजीसँगको सुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पध्दतिको पालनामा हो। अव हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनु पर्दछ। त्यसको निम्ति संघर्ष गर्नु पर्दछ। तबमात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं। हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही विषयमा हो। जुलुस परिक्रमा र सभा सुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्व निर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरियो। त्यसो गरिनु हुँदैन थियो। संस्थागत कार्य प्रणालीको बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो। विधि पध्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा हामीले सुरुदेखि सशक्त संघर्ष गर्नु पर्दछ। ख्याल गरौं, हाम्रो अबको एउटा मुख्य चुनौती हिजो हामीले कुरा उठाए अनुसार विधि पध्दति अनुसार पार्टी सञ्चालन गर्नु हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*