आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारे : मन्त्री ज्ञवाली

जनपत्र
११ माघ २०७७, आईतवार ०६:३६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना भएको बताएका छन् । मन्त्री ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताहरुले घेराबन्दीमा पारेर समस्या खडा भएपछि मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताए।

मन्त्री ज्ञवालीले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको समे बताए । नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० रेसुङ्गा नगर कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोध गर्दै उनले भने– ‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन ।”

नेकपा ओली पक्षका प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*