अब प्रचण्डमुक्त देश बनाउनुपर्छ- प्रभु साह

जनपत्र
११ माघ २०७७, आईतवार ०६:२८

सहरी विकास मन्त्री प्रभु साहले नेकपाका प्रचण्ड नेपाल समूहका पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् ।
साहले अहिलेको आवश्यकता प्रचण्ड मुक्त पार्टी र प्रचण्डमुक्त देश भएको अभिव्यक्ति दिएका छन् ।

रौतहटको सदरमुकाम गौरस्थित क्षेत्र १ को नेकपा ओली निकट अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले तत्कालिन माओवादी जनयुद्ध कालदेखिनै प्रचण्डले पटक पटक बोली फेरेर मधेशीलाई झुक्याएको आरोप समेत लगाए ।
यस्तै उनले माधव नेपालको समेत चर्को आलोचना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*