जो बाइडेनको सरकार उद्घाटनसभामा ट्रम्प उपस्थित नहुने !

जनपत्र
२५ पुष २०७७, शनिबार ०६:१९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न अझै तयार देखिएका छैनन् ।उनले फेरि आफ्ना हजारौँ समर्थकहरुलाई सम्बोधन गर्दै चुनाव आफूबाट चोरिएको भन्दै उत्तेजित अभिव्यक्ति दिए । यद्यपि ट्रम्पले आफू शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको अभिव्यक्ति भने दिएका छन् ।

तर हालै उनले के पनि भनेका छन् भने जो बाइडेनले जिम्मेवारी लिने क्रममा अर्थात् नयाँ सरकार घोषणाको दिन जनवरी २० मा उनी सहभागी नहुने प्रतिक्रिया दिएका छन् । उनको यस्तो अभिव्यक्तिले उनी अझै सरकार हस्तान्तरणका लागि तयार नदेखिएको संकेत गर्ने बताइएको छ ।

यस्तै ट्रम्पको गतिविधिलाई लिएर विश्वका थुप्रै प्रभावशाली नेता तथा राष्ट्र प्रमुखहरुले टिप्पणी गरेका छन् । क्यापिटल हिलमा बुधबार भएको हिंसात्मक घटना ट्रम्पले नै गराएको भन्दै उनीप्रति धेरै नेताहरुले कडा आलोचना गरेका छन् । यस्तै डेमोक्र्याट्स सांसदहरुले ट्रम्पमाथि महाअभियोग लगाउनेबारे पनि छलफल गरिरहेका छन् । अमेरिकी मिडियाका अनुसार उनीहरु अहिले यदी उनी बर्खास्त नभएमा तत्काल महाभियोग लगाउने बारे छलफल गरिरहेका छन् ।

गत बुधबार ट्रम्पका समर्थकहरुको भीड संसद भवनभित्र छिरेर हिंसात्मक हमला गर्दा ५ जनाको मृत्यु भएको छ । ट्रम्पले बारम्बार निर्वाचनमा धाँधली भएको र विद्रोह गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनीहरुका समर्थहरुले यस्तो हमला गरेका थिए । साथै उनले मतपरिणाम स्वीकार नगर्ने पनि बताउँदैआएका थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*