पुनर्गरठन लगत्तैको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्ने निर्णय गर्यो
मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार पुनर्गठन लगत्तै बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको बैठक पुस १७ गतेका लागि आह्वान गर्नेगरि सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्रियसभाको बैठक जारी रहँदै प्रधानमन्त्ती केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई अन्त्य गर्न सिफारिस गर्नुभएको थियो । अधिवेशन अन्त्य भएको ठिक ६ महिनापछि प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठकका लागि सिफारिस गर्नु भएको हो । संसदमा २० भन्दा बढी विद्येयकहरु बिचाराधिन छन् । गएको असारमा विद्येयकमाथि छलफल भइरहेका बेला प्रधानमन्त्री ओलीले अधिवेशन अन्त्य गराएपछि उहाँको सर्वत्र आलोचान भएको थियो ।
अहिले पनि प्रतिनिधिसभा विघटन गराएपछि प्रधानमन्त्ती ओली आचोचित हुनुभएको भएको छ । त्यसैको कारण सत्तारुढ दलपनि दुई समुहमा विभाजित छ ।







