नेकपाको कुन पक्ष वैधानिक ? कस्तो छ कानुनी व्यवस्था ?

जनपत्र
८ पुष २०७७, बुधबार ०६:३०

मंगलबारको घटनाक्रमपछि अब नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दुई भागमा बाडिएको छ । योसँगै अब कुन पक्ष वैधानिक हो भन्ने प्रश्न उठेको छ । मंगलबार दुवै पक्षको केन्द्रीय कमिटीको बैठक सकिएका छन् । दुवै आफु आधिकारिक भएको दाबी गरेसँगै अब नेकपाको आधिकारिकताको विषय निर्वाचन आयोगमा जाने निश्चित भएको छ । मंगलबारको बैठकमा ओली पक्षले केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ सदस्यीय बनाएको छ भने प्रवक्तालाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

त्यस्तै २०७८ मङ्सिर २ देखि ७ सम्म पार्टीको महाधिवेशन तोकेको छ । यस अघि गत माघमा नेकपाको महाधिवेशन २०७७ चैत्रमा गर्ने निर्णय भएको थियो । त्यस्तै प्रचण्ड-नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएको छ भने माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको छ । त्यसैगरि पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

योसँगै अब दुई नेकपा सक्रिय भएका छन् । कानुनी रुपमा आयोगले कुनै एकलाई वैधानिकता नदिएसम्म अब ओली पक्ष र प्रचण्ड(नेपाल पक्ष नेकपा सक्रिय हुने देखिएको हो ।

वैधानिकताको निर्णय हुने कानुन यस्तो छ :

राजनीतिक दल सम्बन्धि ऐनमा राजनीतिक दल मान्यता सम्बन्धि विवाद भएमा ऐनको दफा ४३, ४४ र ४५ मा व्य्वास्था गरिएको छ ।

यस्तो छ कानुनी व्यवस्था :



यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*