यूईएफए च्याम्पियन्स लिग : क्वाटरफाइनल प्रवेशका लागि बार्सिलोनाको भिडन्त पीएसजीसँग

जनपत्र
३० मंसिर २०७७, मंगलवार ०६:२८

यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार प्रि–क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक गरेको हो । ​ड्र अनुसार स्टार स्ट्राइकरले भरिएको चर्चित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०सँग स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल प्रवेशका लागि खेल्ने भएको छ। ​

पीएसजीमा बार्सिलोनाकै पूर्वस्टार स्ट्राइकर नेइमार छन् । पूर्व सहकर्मीसँग बार्सिलोनाका लियोनल मेस्सीसहितका खेलाडीको भिडन्त रोचक बन्ने देखिएको छ । सार्वजनिक भएको ड्र अनुसार बायर्न म्युनिखले लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी रियल मड्रिडले एट्लान्टासँग खेल्दैछ । बोरुसिया डर्टमण्डले सेभियासँग प्रतिस्पर्धा गर्नेछ भन लिभरपुलले आरबी लाइपजिगसँग खेल्नेछ ।

अन्तिम १६ अन्तर्गतको पहिले लेग फेब्रुअरी १६ बाट सुरु हुँदैछन् । १६ बाट सुरु भएका खेल १७, २३ र २४ मा हुने एईएफएले जनाएको छ । दोस्रो लेगका खेल मार्चको मध्यमा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*