पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

जनपत्र
२६ मंसिर २०७७, शुक्रबार ०६:२४

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आएको हल्लला जस्तो नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि नलाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुरुमा पार्टी एकीकरण हुँदा तत्कालीन एमालेमा ६० प्रतिशत र माओवादी केन्द्रमा ४० प्रतिशतका आधारमा पद बाँडफाँट गरे पनि अहिले पार्टी एक भइसकेपछि बहुमत र अल्पमतको कुरा नरहेको बताए । पार्टी एउटै भएपछि बहुमत र अल्पमत नहुने उनको भनाइ छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*