म्याराडोनाको निधनको ४ दिनपछि डाक्टरको घर र क्लिनिकमा छापा

जनपत्र
१५ मंसिर २०७७, सोमबार ०६:५२

अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको ४ दिनपछि प्रहरीले उनको डाक्टर लियोपोल्डो लुकका क्लिनिक र घरमा छापा मारेको बीबीसीले जनाएको छ ।

म्याराडोना विश्वमै चर्चित फुटबलरमध्ये एक हुन् । प्रहरीले छापामारी गर्नुको कारण के हो भने कतै उनको उपचारमा कुनै लापरबाही भएको थियो कि ? ६० वर्षीय म्याराडोनाको यही नोभेम्बर २५ तारिख अर्जेन्टिनाको राजधानी ब्युनस आइरसस्थित आफ्नै निवासमा हृदयाघात भएर निधन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*