प्रधानमन्त्री ओली आज सङखुवासभा जादै

जनपत्र
२६ कार्तिक २०७७, बुधबार ०६:०५

प्रधानमन्त्री केपी शर्मा ओली आज सङखुवासभा जादै छन् । प्रधानमन्त्री ओली संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा ‘अरुण तेश्रो’ को अनुगमन गर्न जान लागेका हुन् ।

प्रधानमन्त्री ओली बिहान ८ बजे किमाथाङ जाने र किमाथाङ्का नाकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ । नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ समेत पुग्ने बताइएको छ ।

उक्त राजमार्गको अवलोकन पछि प्रधानमन्त्री ओली अरुण तेश्रो परियोजनाको अनुगमनगर्न ड्याम साइड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीओली आजै अपराहन्न ३ बजे काठ्माण्डौ फर्किने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*