कोलकातामाथि चेन्नईको रोमाञ्चक जित, कोलकातालाई लाग्यो धक्का

जनपत्र
१४ कार्तिक २०७७, शुक्रबार ०७:१४

जारी इन्डियन प्रिमियर लिगको आफ्नो १३औँ खेलमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंससँग ६ विकेटले पराजित भएको छ। बिहीबार राति सम्पन्न खेलमा व्यहारेको हारसँगै कोलकातालाई प्ले अफमा पुग्न धक्का लागेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि कोलकाताले ब्याटिङ गरेको थियो। कोलकाताले निर्धारित २० ओभरमा नितिश रानाको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा चेन्नईले १७३ रनको लक्ष्य अन्तिम बलमा भेट्टाउँदै रोमाञ्चक जित निकाल्यो।

चेन्नईलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो। क्रिजमा रविन्द्र जडेजा र साम कुरान थिए। कुरानले पहिलो बलमा डट खेले। त्यसपछि दोस्रो बलमा २ रन जोडे। अब ४ बलबाट ८ रन बटल्नुपर्ने भयो। तेस्रो बलमा फेरि कुरानले १ रन जोड्दै जडेजालाई स्टम्प दिए। चौँथो बलमा उनले डट खेले। तर पाँचौँ बलमा छक्का प्रहार गर्दै १ बलबाट १ रन नै जोड्नपर्ने स्थितिमा पु¥याए। अन्तिम बलमा फेरि पनि उनले छक्का प्रहार गर्दै कोलकातालाई निराश पारे।

जडेजाले चेन्नईका लागि ११ बलमा ३१ रन जोडे। त्यस्तै रुतुराज गैकवाडले ७२ तथा अम्बाती रयडुले ३८ रनको योगदान गरे। कप्तान महेन्द्रसिंह धोनी भने १ रनमै पेभिलियन फर्किए। चेन्नईका २ विकेट प्याट क्युमिन्सले लिए भने अर्को २ विकेट वरुण चक्रवर्तीले हात पारे। यसअघि ब्याटिङ गरेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन जोडेका थिए। त्यस्तै शुबमान गिलले २६ तथा दिनेश कार्तिकले २१ रन जोडेका थिए। कोलकातालाई रोक्न लुङ्गी नगिडीले २ विकेट लिए भने कर्ण शर्माले १ विकेट हात पारे। त्यस्तै रविन्द्र जडेजा र मिचेल स्यान्टनरले समान १र१ विकेट झारे।

कोलकातालाई धक्का
अब कोलकाताले एक खेल खेल्न बाँकी छ। उसले आइतबार राजस्थान रोयल्ससँग खेल्नेछ। अहिले कोलकाताले १२ अंक बटुल्दै पाँचौँ स्थान ओगटेको छ। चौँथो स्थानमा रहेको किंस ११ पञ्जाबको पनि १२ खेलबाट १२ अंक नै रहेको छ। त्यस्तै छैठौँ र सातौँ स्थानमा रहेका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको १२ खेलबाट १० अंक रहेको छ। यदि यी दुबै टिमले बाँकी दुई खेलमध्ये एक खेलमा हार व्यहोर्ने र पञ्जाबले पनि लगातार हार्ने तथा कोलकाताले बाँकी खेलमा राम्रो रनरेटमा जित निकाल्न सके मात्र प्ले अफमा पुग्न सक्नेछ। तर चेन्नईसँगको हारले कोलकातालाई धक्का लागेको छ। चेन्नईको भने प्ले अफमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*