आईपीएल : राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो
काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ ।
हारसँगै शीर्ष स्थानको मुम्बईले अंक बढाउन सकेन । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई शिर्ष स्थानमा छ ।
यस्तै मुम्बईलाई हराएको राजस्थान एक स्थान माथि उक्लिएको छ । १२ खेलमा ५ मा जित र ७ मा हार बेहोरेको राजस्थानको १० अंक भएको छ । राजस्थान तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।






